विकास-निर्माणका काममा सरकार असफल भएको महासचिव पोखरेलको आरोप

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

गलकोट । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विकास-निर्माणका काममा वर्तमान सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) बागलुङले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटमा महासचिव पोखरेलले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले राजश्व सङ्कलनमा सरकारले ध्यान नदिँदा कर्मचारीलाई मासिक तलब उपलब्ध गराउन कठिन परिस्थिति उत्पन्न भएको बताउनुभयो ।

आफू सम्बद्ध दल जनतामाझ लोकप्रिय रहेको दाबी गर्दै उहाँले पार्टी सङ्गठनलाई भने रूपान्तरण गर्दै लैजाने नीति रहेको बताउनुभयो ।  राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?