स्वर्णिम वाग्ले रास्वपाको कार्यवाहक सभापति

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।

सभापति रवि लामिछाने र अर्का उपसभापति डोलप्रसाद अर्यालसमेत भारत जाने भएपछि उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मवारी दिइएको हो ।

सभापति लामिछानेसहितको टोली भारतमा रहेका प्रवासी नेपालीहरूसँग अन्तरक्रिया गर्न आज त्यसतर्फ जाँदैछ । सभापति लामिछानेसहितको टोली आइतबार नेपाल फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

यसअघि सभापतिको अनुपस्थितमा अर्का उपसभापति डिपी अर्यालले कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। यसपटक भने सभापतिसँगै उपसभापति अर्याल पनि भारत भ्रमणमा जाने भएकोले कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?