
काठमाडौं । यस साता विश्व बजारमा सुनको मूल्य स्थिर देखिएको छ । विश्लेषकका अनुसार अमेरिकीे जिडिपी रिपोर्टले त्यहाँको अर्थतन्त्रमा देखाएको स्थिरताको प्रभाव सुनको मूल्यमा पर्न गई साताको चार दिनसम्म लगभग स्थिर रहेको मूल्य पछिल्लो दुई दिन भने सामान्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार नेपाली बजारमा पनि यस साता सुनको मूल्यमा खासै उतारचढाव देखिएन । साताको पछिल्लो दिन शुक्रबार मूल्य सामान्य घटेको थियो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख एक हजार पाँच सय ५० रुपैयाँ रहेको सुन सामान्य घटेर साताको पछिल्लो कारोबार दिन शुक्रबार एक लाख एक हजार एक सय ६५ कायम भएको थियो । उक्त मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम तीन सय ४५ रुपैयाँले कम हो ।
चाँदीको मूल्य भने थोरै बढेको छ । साताको पहिलो दिन आइतबार एक हजार एक सय ९२ रुपैयाँ रहेको चाँदी साताको अन्तिम कारोबार दिन शुक्रबार प्रति १० ग्राम एक हजार दुई सय कायम भएको महासंघका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच