इलाम हाट बजार : घट्दैछ रौनक (तस्बिरहरू)

सुरेन्द्र थापा
Read Time = 3 mins

इलाम । पहिला हप्तामा एक पटक जसो हाट लाग्थे । निश्चित ठाउँका मानिस निश्चित स्थानमा भेला भएर आफ्ना उत्पादन भएका सामग्री बेच्ने र आफ्नामा नभएका सामाग्री किनमेल गर्ने गर्थे । लेकको आलु हुनेले बेसीको मस्याङ किन्थे र बेसिको चामल बेचेर त्यही आलु र कोदो किन्थे ।

समग्रमा आफ्ना उत्पादन बेच्ने र आफ्ना आवश्यकता पूरा गर्ने थलो थियो हाट । तर समय बदलियो । सडक बिस्तार भए संगै बजार र पसल बढ्न थाले र हाट भर्ने मानी घट्न थाले ।

उत्पादित सामाग्री ब्यापारीले घर सम्मै आएर किन्न थाले भने आवश्यक सामान पनि नजिकैको पसलमै पाउन थालियो र हाटमा भिड हरायो । मान्छे पातलिए । तर, अझै पनि इलाम जिल्लाको देउमाई नगरपालिका स्थित नवमीमा हाट लाग्दै छ । हरेक शुक्रबार लाग्ने हाटका सेवाग्राहीको एरिया खुम्चिए पनि केही मानी मात्रै पनि हाट भर्न आउदै छन् ।

सिजन अनुसारका फलफुल तरकारी बोकेर आउने किसान संगै बजारिया सामान बोकेर इलाम सदरमुकामबाट आउने ब्यापारीले यहाँ ुहाटु लाई लोप हुन दिएका छैनन् । यही शुक्रबारे हाटका केही तस्विर आज हामी तपाईं माझ राख्दै छौ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?