पाल्पा । सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ । चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।
दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुको साथै सचेतना जगाईने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अंगभंग हुनु परेको छ । जसलाई रोक्नका लागि चालक र यात्रुलाई दुर्घटना बारे सचेत गराउन सहायता कक्ष सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सहायता कक्ष तानसेनको बसपार्क, रामपुरको बेझाड बजार, तिनाउ गाउँपालिकाको दोभानमा स्थापना गरी सेवा दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले तानसेनमा आयोजित सरोकारवालाहरुको अभिमुखीकरण कार्यक्रममा बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारको सहयोगमा पाल्पासहित रुपन्देही र बाँकेमा पनि सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने छ । स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीबाट चालक, सह-चालक, सहयोगी र यात्रुको स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी प्रदान गरिने छ ।
सहायता कक्षका लागि प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायतका सरोकारवाला निकायहरुको सहकार्य र समन्यवय रहने जनाइएको छ । स्वास्थ्य कार्यालयले शुक्रबार सरोकारवाला निकायहरुसँग बसेर सहायता कक्ष स्थापनाका विषयमा अभिमुखीकरण कार्यक्रम समेत गरेको हो । कार्यक्रममा तानसेन नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सागरमान महर्जनले एक जना चालकको हातमा ४०/५० जना यात्रु हुने हुँदा चालक पूर्णरुपमा स्वस्थ रही सवारी साधन चलाउनुपर्ने बताउनुभयो । चालकलाई स्वास्थ्य प्रति सचेत गराउन बेला बेलामा सडकमै स्वास्थ्य परीक्षण आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, ट्राफिक प्रहरी, यातायात व्यवसायी, स्वास्थ्यकर्मी, पत्रकारलगायतले पछिल्लो समय चालकहरुले मोवाइलमा कुरा गर्नुको साथै सुर्तिजन्य वस्तु खाई सवारी चलाउँदा समेत दुर्घटनाको जोखिम बढ्दै गएको बताए छन् । उनिहरुले कहिले काही चालक, सहचालकहरु अस्वस्थ्य हुँदा हुँदै पनि सवारी चलाउँदा दुर्घटना हुने गरेको भन्दै यस्ता स्वास्थ्य सहायता कक्षले रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच