बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा जिप दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट कालागोरागाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप मंगलबार दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा वडा नं ८ को कालागाउँ बस्ने १५ वर्षीया मनिसा बिष्ट रहेकी छन् । जिपमा चालकसहित ८ जना सवार रहेको र अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

घाइते हुनेमा वडा नं ८ का चालक समेत रहेका ३० वर्षीय भुपेन्द्र बिष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश बिष्ट, ५० वर्षीया बिरे लुहार, २६ वर्षीया घुमरा बिष्ट, ५० वर्षीया कृष्णा बिष्ट, ७० वर्षीया हरिमाया बिष्ट र १७ वर्षीय महेश बिष्ट रहेकाे प्रहरी निरिक्षक जोशीले बताउनुभयो ।

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?