काठमाडौं । आँबुखैरेनी गाउँपालिकाले छवटै वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई समयमै निस्सा वितरण गरी पुर्जा वितरण सुरु गरेको छ । सोही क्रममा सोमबार आँबुखैरेनी २ मा रहेका १२ भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरेको हो ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा सांसद हरिबहादुर चुमान, राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा पुर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । अन्य वडामा पनि क्रमिकरूपमा वितरण गर्दै जाने गाउँपालिकाले जनाएको छ । उक्त कार्यमा सहयोग पुर्याउने राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँ, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला मालपोत कार्यालय तनहुँ, नापी कार्यालय तनहुँ, नापी टोल प्रमुखलगायत सम्पूर्ण सहयोगी निकायलाई गाउँपालिकाले धन्यवाद दिएको छ ।
आँबुखैरेनी गाउँपालिकाका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी सेवा केन्द्रमा रही अहोरात्र खटी उल्लेखनीय भूमिका निर्वाह गर्ने सूचना प्रविधि अधिकृत/सेवा केन्द्र प्रमुख ई. निरोज श्रेष्ठ, अमिन सरोजचन्द्र अधिकारी र अमिन सञ्जित श्रेष्ठलाई गाउँपालिकाले सम्मान प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच