‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनको नयाँ लुक लिक

हिमालय टाइम्स
Read Time = 2 mins

हैदाराबाद । ‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनको नयाँ लुक लिक भएको छ । फिल्मको नयाँ टिजर नआउँदै उनको सेटबाट एउटा तस्बिर लीक भएको हो ।

अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । ‘पुष्पा २’ को सेटबाट लीक भएको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

‘पुष्पा २’ को सेटबाट लीक भएको यो भाइरल फोटोमा अल्लु अर्जुन ‘गंगाम्मा थल्ली’ अवतारमा देख्न सकिन्छ । यो त्यही लुक हो, जुन फिल्मको फर्स्ट लुक पोस्टरमा पनि शेयर गरिएको थियो । यो तस्विरमा सुपरस्टार नीलो रंगको बनारसी साडी लगाएर कुर्सीमा बसेको देखिन्छ । लीक भएको तस्विरलाई लिएर फ्यानहरुले पनि तिब्र प्रतिक्रिया दिइरहेका छन् ।

अल्लु अर्जुनको ‘गंगाम्मा तल्ली जथारा’ लुकको बारेमा कुरा गर्दा ‘गंगाम्मा तल्ली जथारा’ तिरुपतिको प्रसिद्ध अनुष्ठान हो, जुन हरेक वर्ष एक हप्तासम्म मनाइन्छ। यसको अन्तिम दिन पुरुषहरू महिलाहरू जस्तै लुगा लगाउँछन् र गंगाम्मा जस्तै देखिन्छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?