काठमाडौं । भ्याली पब्लिकले प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ । भ्याली पब्लिकको सिनियर ब्वाइज/गल्र्स दुवै टोलीले विजयी सुरुवात गरे । काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा भ्याली पब्लिकले अक्षरालाई ३६-९ ले पराजित गर्यो ।
भ्याली पब्लिकका पासाङ शेर्पाले १४ अंक जोड्नुभयो । सिनियर गल्र्समा पनि भ्याली पब्लिकले अक्षरालाई ३३-७ ले हरायो । भ्याली पब्लिककी प्रकृति खड्काले ८ स्कोर गर्नुभयो । सिनियर गल्र्सकै अर्को खेलमा शिक्षालयले ब्रहृमकुञ्जलाई ५-३ ले पाखा लगायो । शिक्षालयकी जस्मिन गजमेरले चार अंक जोड्नुभयो ।
सिनियर ब्वाइजमा कान्जिरोवाले प्रारम्भलाई ४०-२८ तथा शिक्षालयले न्यु स्टार पोललाई ३२-१४ ले पन्छायो । कान्जिरोवाका प्रवेशले १० तथा शिक्षालयका कमल श्रेष्ठले १२ अंक बटुल्नुभयो ।
नक आउट प्रतियोगितामा सिनियर ब्वाइज/गल्र्समा समान १६-१६ तथा मिक्स जुनियरमा १२ टिम सहभागी छन् । मिक्स जुनियरमा सहभागी टिमले कम्तीमा दुईजना गल्र्स खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच