काठमाडौंमा हल्का वर्षा (तस्वीरमा हेर्नुहाेस्)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पश्चिम नेपालका पहाडी र हिमाली जिल्लाहरुमा आज विहानदेखि वर्षासहित हिमपात भएको छ । भने राजधानी काठमाडौं मा बिहीबार हल्का वर्ष भएको छ ।

जसका कारण जाडो बढ्नुका साथै जनजीवन प्रभावित समेत भएको छ । राजधानीमा बिहीबार साँझा हल्का वर्ष भएको छ । जसका कारण जाडो बढ्नुका साथै जनजीवन प्रभावित समेत भएको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्युठान, गुल्मी, बाग्लुङ लगायतका पश्चिमी जिल्लामा पानी परेको हो । ती क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

वर्षा र हिमपातले किसान खुसी भएका छन् । धेरैजसो ठाउँमा हिउँदको यो पहिलो वर्षा भएको हो । यसले हिउँदे बालीलाई राहत पुग्ने किसानको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?