
काठमाडौं। ईङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडका लागि खेलको ९७औं मिनेटमा कोबी मैनूले निर्णायक गोल गर्दै खेल जिताएका थिए । यस अघि म्यानचेस्टर युनाइटेडका लागि मार्कस राशफोर्ड, रास्मस होजलण्ड र स्कट म्याकटमिनीले एक एक गोल गरेका थिए ।
त्यसैगरी वोल्भ्सका लागि पाब्लो सरबिया, म्याक्स किलम्यान र पेड्रो नेटोले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ३५ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ ।
त्यसैगरी वोल्भ्सको २२ खेलमा २९ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच