सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।

काठमाडौंबाट बाजुराका लागि हिँडेको सुपप्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।

घाइतेहरुमध्ये ११ जना देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?