आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि हासिल गरेकाे छ ।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।

आर्मीले दिएको १८२ रन लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका शंकर रानाले अर्धशतक बनाए । उनले अविजित ६२ रन जोडे । आरिफ शेखले २७, अमीत श्रेष्ठले २८, अर्जुन साउदले ३६, कुशल भुर्तेलले १४, दिलिप नाथले ७ रन बनाए ।
बलिङमा आर्मीका जितेन्द्र मुखिया, कुशल मल्ल, शाहव आलम र बसिर अहमदले १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ६३ रनको योगदान दिए । उनले ७ चौका र १ छक्का हिर्काए । ७ विकेटका ६९ रनको खराब स्थितिमा रहेको बेला यादवले सोमपाल कामीसँग आर्मीको इनिङ्स सम्हालेका थिए । सोमपालले ३९ रन बनाए ।

विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?