कास्की । पोखरा महानगरपालिका-११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा पुनसमेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार २ सय २५ रूपैयाँ, खेलमा प्रयोग हुने गोटी १६ वटा र डाईस १ वटासहित पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका-१२ प्रगति टोल डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका-८ तुरतुरे घर भएका ६६ वर्षीय नर बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङसमेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ३५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच