ब्रेन्टफर्डसँग हार्यो लिभरपुल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।

ब्रेन्टफर्डको घरेलु मैदान कम्युनिटीमा सोमबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

ब्रेन्टफोर्डको जितमा योयन वेस र ब्रायन एमबेउमोले गोल गर्दा एक गोल उपहार पाएको थियो । लिभरपुलका लागि एलेक्स चाम्बरलिङले गरेको गोल शान्तवना साबित भएको थियो ।

यो हारसँगै लिभरपुल अंक तालिकाको शीर्ष पाँचमा पुग्ने अवसर गुमायो। छैठौं स्थानमा रहेको लिभरपुलको १७ खेलबाट २८ अंक छ। जित निकालेको ब्रेन्टफोर्ड २६ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?