काठमाडौं । रेडिअन्ट पब्लिक १०औँ एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजको सेमिफाइनलमा प्रवेश गरेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा रेडिअन्टले एनआइसी एकेडेमीलाई ४८-२४ ले पराजित गर्यो । रेडिअन्टका रोहित चौधरीले २० अंक जोड्नुभयो । सिनियर ब्वाइजमै ग्रिनफिल्डले स्वर्णिमलाई २६-१७ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
ग्रिनफिल्डका अर्जुन बस्नेतले १० अंक जोड्नुभयो । सेमिफाइनलमा ग्रिनफिल्डको भेट जेनिथसँग हुनेछ भने रेडिअन्टले पुष्पसदनको सामना गर्नेछ । सिनियर गल्र्समा रिब्सले रेडिअन्ट पब्लिकलाई १३-११ तथा संस्कृतिले स्वर्णिमलाई १८-८ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । रिब्सकी सुप्रिया मल्लले चार तथा संस्कृतिकी एञ्जल शाहीले आठ स्कोर गर्नुभयो । सेमिफाइनल रिब्स र आयोजक एक्सेल्सियर तथा संस्कृति र काष्ठमण्डपबीच हुनेछ ।
ब्वाइज फुटसलको यू–१२ मा बृहस्पति विद्या सदनले सेक्रेड हार्टलाई १-०, द चाँदबागले एलआरआईलाई ४-०, रेडिअन्ट पब्लिकले रिब्सलाई १-० तथा मोर्डन इण्डियन स्कुलले किड्स लर्निङलाई टाइब्रेकरमा ३-२ गोलले पराजित गरी सेमिफाइनल यात्रा तय गरे ।
इू–१३ मा रेडिअन्ट पब्लिकले निसर्ग वाटिकालाई २-०, निर्भाना एकेडेमीले चाँदबागलाई ३-०, काष्ठमण्डपले सेक्रेड हार्टलाई ४-० र बृहस्पतिले न्यु एरालाई ३-० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए । यू-१६ मा ग्रिनफिल्डले चेल्सी वल्र्ड स्कुललाई ५-१, काष्ठमण्डपले एक्सेल्सियर ‘पहेंलो’ लाई ६-०, न्यु एराले संस्कृतिलाई ४-१ र एक्सेल्सियर ‘रातो’ ले निसर्ग वाटिकालाई ४-१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यस्तै, हृवाइट माउण्टेन र बिएमसिएले १६औँ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा जित हात पारेका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा हृवाइट माउण्टेनले नेक्ससलाई २६-२४ ले पराजित गर्यो ।
हृवाइट माउण्टेनका मनकार केसीले ११ अंक जोड्नुभयो । बिएमसिएले जेम्सलाई २०-११ ले हरायो । बिएमसिएका विमल गुरुङले नौ स्कोर गर्नुभयो । जुनियर ब्वाइजमै स्कोलर्स होमले ग्रिनल्याण्डलाई १४-६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई १८-१३, निस्टले स्कोलर्स होमलाई १६-१५, सेबले स्कोलर्स होमलाई नै १९-८, काठमाडौं भ्यालीले एसिया प्यासिफिकलाई १९-१३ र किङडमले क्यानभासलाई ३३-१२ ले पाखा लगाए ।
सिनियर ब्वाइजमा एलआरआईले टिआइएलाई ३८-३३, बिभिएसले बागमतीलाई २४-२३, गोल्डेनपिकले बिएनएलाई ४४-२०, एचएचसिएले हिमालयनलाई ४१-२०, ग्रिनल्याण्डले रेडिअन्टलाई ४९-३३ र साइपाल एकेडेमीले काठमाडौं ग्लोबललाई ३०-१९ ले पन्छाए । सिनियर गल्र्समा ग्रिनल्याण्डले टिआइएलाई १४-९, काठमाडौं भ्यालीले क्यानभासलाई १४-९ र इबिएले साइपाललाई २१-१३ ले निराश पारे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच