फुलह्याम र बर्नलेको सानदार जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौै । इङ्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलेले जित दर्ता गरेका छन् । भने लुटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे ।

जितसँगै फुलह्याम ३८ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड आठौँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

प्रिमियर लिग तालिकामा बर्नले १९ औँ तथा ब्रेन्टफोर्ड १५ औँ स्थानमा छ । यसैगरी नटिङघम फरेस्ट र लुटन टाउनले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएका छन् ।

३४ औँ मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङघम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ८९ औँ मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्त्वपूर्ण एक अंक दिलाए । नटिङघम १७ औँ तथा लुटन १८ औँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?