मियामीको जितमा स्वारेज नायक

हिमालय टाइम्स
Read Time = 2 mins

वासिङ्टन डिसी । डिसी युनाइटेड घरेलु मैदानमा नै पराजित भएको छ । शनिबा दिउँसो आउडी फिल्ड रंगशालामा भएको खेलमा डिसी इन्टर मियामीसँगै ३–१ गोल अन्तरले पराजित भएको हो ।

मियामीका लियोनल मेस्सी घाइते भएर अनुपस्थित थिए । खेलमा डीसीले सुरुवाती अग्रता बनाएको थियो । तर त्यसलाई जोगाउन सकेन । लियोनार्दो कम्पानाले डिसीविरुद्ध बराबरी गोल फर्काएका थिए ।

खेल एक एक गोलको बराबरी रहँदा ६२ औँ मिनेटमा मैदान प्रवेश गरेका लुइस स्वारेजले टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले मेस्सीको अभाव हुन दिएनन् ।

स्वारेजले मैदान प्रवेश गरेको दसौँ मिनेटमा कम्पानाको पासमा गोल गरेर मियामीलाई अग्रता दिलाए । स्वारेजले ८५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ३–१ को स्थितिमा पुर्‍याए । जितसँगै मियामील्े तीन अंक जोडेको छ ।

पाँच खेलबाट १० अंक जोडेको मियामी शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको डिसी पाँच अंकसहित सातौँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?