नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । यसअघि निजी एयरलाइन्स समिट, तारा र सीताले कर्णाली प्रदेशको राजधानी सुर्खेत-सिमकोट उडान भर्दै आएका थिए । भने फागुन ७ गतेदेखि सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले पनि आफ्नो परीक्षण उडान सुरु गर्ने भएको छ । नेपालगञ्ज-सिमकोटका लागि मात्रै उडान भर्दै आएको नेपाल एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत विमानस्थलबाट हुम्लाको सिमकोट विमानस्थलमा पहिलो पटक परीक्षण उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामध्ये हुम्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले बताउनुभयो । नेपाल एयरलाइन्सले कर्णाली प्रदेशमा कर्णालीदेखि कर्णालीका जिल्लामा पहिलो पटक उडान भर्न लागेको उहाँले स्टेशन प्रमुख लामाले बताउनुभयो । प्रदेश राजधानी विरेन्द्रनगर(सुर्खेत) विमानस्थलबाट हुम्ला, जुम्ला, मुगु र डोल्पा जिल्लामा रहेका विमानस्थलमा पहिलो पटक उडान भर्न लागेको उहाँले बताउनुभयो । नेपाल एयरलाइन्सको उडान नियमित उडान तालिकाअनुसार हुने भएको छ । यसका लागि सबै तयारी भएको छ ।

उक्त दिन नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्जबाट सिमकोटका लागि उडान भरेपछि सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान भर्ने भएको छ भने सुर्खेतबाट पनि सिमकोटका लागि यात्रु सहित उडान भर्ने तालिका तयारी गरिएको छ सिमकोट स्टेशनका प्रमुख लामाले बताउनुभयो । सुर्खेतदेखि सिमकोट र सिमकोटदेखि सुर्खेतसम्मको भाडा तय भने भएको छैन् ।

सबै जसो काम प्रदेश राजधानी हुने भएपनि नेपालगञ्ज गएर अनावश्यक खर्च बढ्ने गरेको थियो । सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताउनुभयो । हुम्लाबाट नेपालगञ्ज, नेपालगञ्जबाट सुर्खेत जानुपर्ने झनझट टरेको उहाँको भनाई थियो । सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न ४ घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भएमा ३५ मिनेटमा पुगिने भएको रोकायाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?