शिक्षक संघ मुगुको अध्यक्षमा नेपाली

हिमालय टाइम्स
Read Time = 2 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा डिल बहादुर नेपाली सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

२० गते देखि शुरु भएको शिक्षक संघको ९ औं जिल्ला अधिवेशनबाट नेपालीसहित जिल्ला कार्य समितिका सबै पदाधिकारीहरु सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

नव निर्वाचित समितिका डिल बहादुर नेपाली अध्यक्ष,सल बहादुर रावल,अप्सरा खत्री उपाध्यक्ष, विनोद कुमार मल्ल सचिव, धनराज जैशि अर्थसचिव, युवानन्द रावल, सुमित्रा रावल, असल बहादुर मल्ल र तुलसिंग नेपाली सहसचिवमा निर्वाचित भएको निवर्तमान अध्यक्ष जंग बहादुर शाहीले जानकारी दिनु भयो ।

यस्तै सदस्यहरुमा मोहन कुमार मल्ल, विमल हमाल, तुलबहादुर कार्की, लोक प्रसाद जैशी, बलिराज शाही निर्वाचित हुनु भएको छ भने केन्द्रिय महाधिवेशन प्रतिनिधिहरुमा जंग बहादुर शाही, विक्रम बहादुर शाही, टिकालक्ष्मी हितान र प्रदेश अधिवेशन प्रतिनिधिहरुमा जानसा मल्ल, खड्क बहादुर रोकाया, उम्मेर बुमी र टिकाराम सापकोटा निर्वाचित भएका छन ।

शिक्षक पेशालाई मर्यादित, सम्मान योग्य बनाउन जोड दिनुका साथै पेशागत हकहितका बारे आफुले शिक्षकहरुको अगुवाई गदै आवाज उठाउने र अन्य कर्मचारी सरह शिक्षकलाई पनि सेवा, सुविधा, श्रेणी दिन आफु भन्दा माथिल्ला निकायसम्म दवाव समन्वय गर्ने नव निर्वाचित शिक्षक संघ मुगुका अध्यक्ष नेपालीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?