कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङमा कर्तव्य ज्यान मुद्धाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी रुकुमपश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोेराही उपमहानगरपालिका वडा नम्बर १६ लेटार बस्ने ४२ बर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

घोराही १६ लेटारमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँलाई कर्तव्य ज्यान मुद्धामा सर्वोेच्च अदालत काठमाडौले २०५७ साल साउन ६ गते ८ बर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम बुझाएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?