![निपूर्णताका लागि प्रशिक्षण मुख्य कुरा : विक्रम गौतम, मेकअप आर्टिष्ट](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Bikram-Gautam-Makeup-Artist.jpg)
काठमाडौं । कविता विधामा सग्लो पहिचान बनाउनुभएएका कवि उदय निरौलाको पछिल्लो कविता कृति ‘सुदूर गाउँबस्तीहरूमा’ विमोचन गरिएको छ । काठमाडौंमा एक विशेष सामारोहबीच प्रसिद्ध कवि प्रा.डा.विष्णुविभु घिमिरेलगायका अतिथिहरूले उक्त कृतिको विमोचन गर्नुभएको हो । प्रा.डा.घिमिरेले कवि निरौलालाई चार दशकको कविता साधनाले सिंगो पहिचान दिएको दाबी गर्नुभयो । समारोहका सभाध्यक्ष प्रा.वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले कवि निरौलाका कविता छुट्टै स्वाद भेटिने जिकिर गर्नुभयो ।
समालोचक प्रा.डा.ज्ञानु पाण्डेले निरौला विविध विषयलाई मिहिन तरिकाले प्रस्तुत गर्न सिपालु जीवनवादी कवि भएको दाबी गर्नु्भयो । कृति समीक्षक साहित्यकार ध्रुव मधिकर्मीले कवि निरौला ग्रामीण र शहरीया बिम्बलाई समान रूपमा अभिव्यक्त गर्नसक्ने कवि भएको सुनाउनुभयो ।
कृतिकार निरौलाले चार दशकको साहित्य यात्रका अनुभूतिसहित विमोचित कृतिभित्रको ‘अहिलेलाई बाई शब्द बाई’ कविता वाचन गर्नुभएको थियो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक कवि कलाकार रमेश पौडेलले अर्गानिक बिम्ब खेलाउन खप्पिस कविको कृति प्रकाशन गर्न पाउनु प्रकाशको प्राप्ति भएको बताउनुभयो ।
कवि रामगोपाल आशुतोषले कृतिकारलाई बधाई दिँदै ‘अहमदनाया’ कविता वाचन गर्नुभएको थियोे । साहित्यकार तथा रेडियोकर्मी हेम भण्डारीको सूत्रधारीमा सञ्चालित समारोहमा प्रमुख अतिथि र कृतिकारलाई मायाको चिनो र आवरण प्रकाशनको प्रतीक चिहृन प्रदान गरिएको थियो । समारोहमा साहित्यका विविध विधामा कलम चलाउने सहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।
कवि निरौलका यसअघि ‘कोलाहल पिएर’, कवितासंग्रह, ‘जराहरू किमार्थ मर्दैनन्’, कवितासंग्रह, ‘कोर्दै-मेट्दै’, निबन्धसंग्रह, ‘शीतको महृवलर’, कवितासंग्रह, उदय निरौलाका प्रतिनिधि कविताहरू, ‘अस्ताउँदो घाम टेकेर’ कवितासंग्रह जस्ता कृति प्रकाशित छन् । आवरण प्रकाशनले बजारमा ल्याएको ‘सुदूर गाउँबस्तीहरूमा’ कविता कृति लोकार्पणकै समयमा निरौलाको कविता वाचन र अभिमतसमेत युट्युब च्यानलमार्फत सार्वजविक गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच