मुगुमा आगलागीमा परी दुई बालबालिका बेपत्ता

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 2 mins

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक गोठमा आगलागी भएको छ । आइतबार राती भएको आगलागीमा एकै घरका दुई बालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राती गोठमा आगलागी भएको थियो । आमा सरस्वती सन्ज्यालसहित १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीय छोरी झरना सन्ज्याल घरको गोठमा सँगै सुतेका थिए ।

आगलागीपछि आमा बाहिर निस्कन सफल भए पनि छोराछोरी ननिस्कीएको र जलेर खरानी भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी टोली घटना स्थलमा पुगेको थियो । अहिले स्थानियहरुको सहभागितामा आगो नियन्त्रण प्रयास भइरहेको छ । सोमबार बिहानसम्म पनि आगो नियन्त्रणमा आएको छैन ।

घरमा काठपनी राखेको र घरमा कच्ची काठ प्रयोग गरिएकाले आगो झन दन्किएको बताइएको छ । सोमबार बिहानसम्म पनि २ बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी विलौना गरिरहेकाले दुबै बालबालिका जलेर खरानी भैसकेको हुनसक्ने प्रहरि नायब उपरीक्षक थापाले बताउनु भयो ।

पिडित सरस्वतिका श्रीमान लाले सन्ज्याल कामको खोजिमा भारत रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?