डिआइजी चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयले गर्‍यो फिर्ता

हिमालय टाइम्स

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख नायव महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरी ।

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहुनुभएको प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ।

राजीनामाको प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रधान कार्यालयले उहाँको राजीनामा पत्र फिर्ता गरिदिएको स्रोतले जानकारी दिएको छ।

गत शनिबार चन्दले घरायसी कारण देखाउँदै राजीनामा दिएको विषय सार्वजनिक भएको थियो । उक्त राजीनामा पत्र सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभाग पुगेको थियो।

यसबीचमा डिआइजी चन्दले आइजिपी बसन्तबहादुर कुँवरसँग भेटेका समाचार पनि बाहिरिएका थिए। आइजिपी कुँवरले राजीनामा फिर्ता लिन सुझाव दिएसँगै चन्दले राजीनामा फिर्ता लिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार चन्दलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको स्रोतले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?