यो अवधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्नमा केन्द्रित हुन्छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताउनुभएको हो । उहाँले संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा शुरु भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा शुरु भएको छ । अब अगाडी बढ्छ ।’

संघीय संसदको दुवै सदनको अधिवेशन आज (सोमवार) देखि शुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?