बिपि स्मृति युवा क्लबले चुम्यो पालडाँडा कपको उपाधि

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम् नवलपरासीको बर्दघाट नगरपलिका वडा नम्बर ५ मा सञ्चालित पालडाँडा कप २०८० को उपाधि बिपि स्मृति युवा क्लब बर्दघाट १ माकरले हात पारेको छ ।

अभिषेक चर्च रजहरसग सोमबार भएको फाईनल खेलमा शून्यका विरुद्ध तीन गोलान्तरले बिपि स्मृति प्रथम भस्थानमा उपाधि चुमेको छ ।

पुरस्कार बितरण कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिका खेल क्षेत्रको उर्वर भुमी रहेको बताउदै नगरबाट विभिन्न विद्यामा थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन भएको बताउनु भयो । 'हामी बर्दघाट नगर भित्र विभिन्न खेलकुदका बिद्या र खेलाडीहरुलाई प्रोत्साहन गरेका छौ। खेलकुदको बिकासका निम्ति बजेट बिनियोजन गरेर दक्ष खेलाडी उत्पादनमा नगरले जोड दिएको छ ।' श्रेष्ठले भन्नु भयो ।

बर्दघाट नगरपालिका खेलकुद बिकास समितीका संयोजक दिपक थापाले खेल क्षेत्रमा बर्दघाट नगरपालिका राष्ट्रिय स्तरमै परिचित भएको बताउँदै दक्ष खेलाडी उत्पादन गर्ने मुलभूत उदेश्य रहेको उल्लेख गर्नु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५१ हजार र द्वितीय हुने टिमले ७५ हजार पुरस्कार राशीसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । प्रतियोगितामा १० वटा टिम सहभागी भएका थिए भने प्रतियोगिता माघको १३ गतेदेखि सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?