
काठमाडौं । चितवनको सौराहमा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ आयोजना गरिएको छ । माघ १४ देखि १८ गतेसम्म आयोजित कार्यशाला इन्टरनेट एक्सचेन्ज नेपाल (एनपिआइएक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग)ले संयुक्तरूपमा आयोजना गरेका हुन् । कार्यशालामा नेटवर्किङ एवं सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लागेका व्यावसायिक विज्ञबाट विषयगत तालिम प्रदान गरिएको थियो । कार्यशालामा विभिन्न संघ संस्थाबाट सात महिला र ३१ पुरुषको सहभागिता थियो ।
इन्टरनेट पूर्वाधार निर्माण र व्यवस्थापनमा उच्च दक्ष प्राविधिक जनशक्तिको आवश्यकता सम्बोधन गर्न कार्यशाला फलदायी हुने आयोजकको अपेक्षा रहेको छ । एनपीनोग नाइन फेलोसिप प्रोग्रामबाट छ छनोट भई तालिममा सहभागी थिए । कार्यशालाको सुरुवात एनपिक्सका कार्यकारी निर्देशक रूपेशभक्त श्रेष्ठ र समापन टेक माइन्ड्स नेटवर्क प्रालिका कार्यकारी निर्देशक कमलराज बास्तोलाले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच