गठबन्धनले कार्यकर्तामा चरम असन्तुष्टी छ : काङ्ग्रेस महामन्त्री थापा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन अघि गरिएको गठबन्धनबाट आम कार्यकर्तामा व्यापक असन्तुष्टि छाएको बताउनु भएको छ । गठबन्धन सरकार जुन रुपमा उत्साहपुर्वक गठन भएको थियो सोही अनुरुप उल्लेखित नतिजा आउन समेत नसकेको थापाले बताउनु भयो ।जनताले त्यसको डेलिभरी पाउन नसकेको उहाँको भनाई थियो ।

मेचीमहाकाली संवाद यात्राका क्रममा आज पश्चिम् नवलपरासी आईपुग्नु भएका महामन्त्री थापाले निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँ हरुमा समेत चरम असन्तुष्टि रहेको सम्बाद यात्राका क्रममा पाईएको उल्लेख गर्नु भयो । निर्वाचन अगाडी गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने उहाँकाे भनाइ छ । पार्टीको नीति मार्फत नै यो बदल्न जरुरी रहेकाे थापाले बताउनु भयो ।

संवाद यात्राका क्रममा आम नागरिकहरूले थुप्रै समस्या उठान गरेकोमा मुलतः भौतिक पुर्वाधार सग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको उहाँले बताउनु भयो । यात्राका क्रममा आयोजना सुरु भएर १०/१२ बर्ष सम्म पनि पुर्णता नपाउँदा त्यसले पुर्याएको क्षती, स्वास्थ्य संस्थाहरु नचलेका बिषयहरु, कृषिक्षेत्रका समस्या, सहकारी, लघुवित्त र वैदेशिक रोजगारिबाट ठगिएकालगायतका आम नागरिकका समस्याहरु रहेको पाईएको महामन्त्री थापाले बताउनु भयो ।

जुन उद्देश्यले हुलाकी राजमार्ग निर्माण भएकाछन् त्यसले नागरिकको जीवनशैली र कृषि क्षेत्रमा खासै परिवर्तन आउन नसकेको महामन्त्री थापाको भनाई थियो । 'हामिले अब अनुत्पादक क्षेत्रमा गर्ने लगानी बन्द गर्नु पर्छ । कृषिका ठुला कुरा गर्यौं अब सिचाई पुर्वाधार तयार गरि कृषिलाई कसरी ह्वात्तै माथी ल्याउन सकिन्छ भन्नेमा जोड दिनु पर्छ,' थापाले भन्नुभयाे ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री केशव कुमार बुढाथोकीको असमाहिक निधन भएपछि सम्बाद यात्रा अन्तर्गतको बाँकी यात्रालाई निरंतरता दिने गरि अहिलेलाई पार्टीका सबै कार्यक्रमहरु स्थगित भएको लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?