‘सिसिएस प्लस टु’ कपको उपाधि आयोजकलाई

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । धनगढीमा सम्पन्न ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।

मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पराजित गर्दै आयोजक ‘सिसिएस प्लस टु’ को बी टिम प्रतियोगिताको बिजेता बनेको हो । होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पेनाल्टीमा हराउँदै आयोजक प्रतियोगिताको बिजेता बनेको हो ।

प्रतियोगिताको निर्धारित समयमा दुइटै टिमले गोल गर्न नसकेपछि फाइनल खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा आयोजक ‘सिसिएस प्लस टु’ बी ले होलिल्याण्ड सेकेन्ड्री स्कुललाई ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । यससँगै प्रतियोगिताको उपाधि जित्न सफल आयोजक ‘सिसिएस प्लस टु’ बी ले ६५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ भने, उप बिजेतामा चित्त बुझाएको होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले ३५ हजार नगद सहित ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको छ ।

‘सिसिएस प्लस टु’ का सन्दिप सिहं खडायत प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । आयोजक ‘सिसिएस प्लस टु’ का कप्तान समेत रहेका खडायतले नगद ३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै ‘सिसिएस प्लस टु’ कै बिवेक बोगटी प्रतियोगिताको उत्कृष्ट गोलकर्ता बने । उनले नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक होलिल्याण्डका ओम बि.क बने । उनले नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको बिजेता तथा उप बिजेता टिमहरुलाई नेपाल वेस्टर्न म्यानेज्मेन्ट कलेजका प्रबन्ध निर्देशक शैलेस कुमार सिहं, ‘सिसिएस प्लस टु’ का प्रिन्सिपल तिर्थ फुलारा लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितालाई धनगढी स्थित दाहाल पुस्तक पसलले मुख्य प्रायोजन गरेको थियो । साथै नेपाल वेस्टर्न म्यानेज्मेन्ट कलेज तथा सौभाग्य हस्पिटलले प्रायोजन गरेको थियो । १६ विद्यालय सहभागी प्रतियोगितामा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?