सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त हुनु भएको छ ।  एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सक्नुभएन । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको हो ।

मुख्यमन्त्री रावलले प्रदेश सभामा सम्बोधन गर्दै विश्वासको मतका लागि प्रस्ताव गर्नुभएको थियो । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन । उक्त प्रस्ताव सुरुमै ध्वनी मतबाट अस्वीकृत भएको थियो ।

मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्नुभएको हो । यो सँगै सुदूरपश्चिम सरकार बनेको ३० दिनमै ढलेको छ ।

पुस २७ मा सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि एमाले संसदीय दलका नेता रावललाई समर्थन दिएको नाउपा सभामुख चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा भने जरेशम चौधरीलगायत नेताको जेलमुक्तिको सर्त राखेर तटस्थ बसेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?