बर्दघाटका सामुदायिक विद्यालयमा प्रबिधिमार्फत शिक्षण सिकाइ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा प्रबिधिमार्फत शिक्षण सिकाइ सुरु गरिएको छ । पछिल्लो समय प्रविधी मैत्री शिक्षालाई जोड दिदै बर्दघाट नगरपालिकामा डिजिटल प्रविधिबाट कक्षा शिक्षणको सुरुवात गरेको हो ।

संविधान सभा सदस्य बिक्रम खनालको प्रबिधिको विकाससँगै उच्चतम रुपमा सहि प्रयोगले विद्यार्थीको सिकाइ प्रभावकारी हुने बताउनु भयो । " विद्यार्थीहरुको सिकाइसँगै मनोबल समेत बढ्ने हुदा मस्तिष्कले डिजिटल कुरालाई चाँडो स्मरण गर्ने हुदा सिकाइ प्रभावकारी हुन्छ ।' खनाल  भन्नुहुन्छ ।

बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले गुणस्तरीय शिक्षाका निम्ति पनि डिजिटलाईज हुनु प्रभावकारी हुने बताउनु भयो । हरेक क्षेत्रमा प्रविधी अब अपरिहार्य जस्तै बनेको हुदा खोज अनुसान्धानका लागि पनि डिजिटल प्रविधि मार्फतको पठनपाठन सहज हुने श्रेष्ठले बताउनु भयो । प्रविधिले समयको बचत सगै एकै ठाउँबाट थुप्रै बिषयगत पाठ्यक्रमका बारेमा विद्यार्थीलाई ज्ञान हासिल गर्न उचित हुने बताउदै नगरपालिकाले आगामी दिनमा नगरका सबै विद्यालयहरुलाई क्रमश प्रविधिमैत्री बनाउदै लगिने उल्लेख गर्नु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदामा रहेको नित्यानन्द रत्नकुमारी माध्यामीक विद्यालयकाहरुबाट सुरु गरिएको डिजिटल बोड प्रभाबकारी पाइएको विद्यालयका प्राध्यानाध्यापक बिश्वराज भट्टराईले बताउनु भयो । 'अहिले हामीले २ वटा डिजिटल बोड पाएका छौं । कक्षा ८ र ९ का विद्यार्थिलाई डिजाटल बोडबाट कक्षा शिक्षण गरेका छौं ।' भट्टराईले भन्नुभयो ।

कक्षा ८ र ९ का करिब १ सय विद्यार्थीहरुमा प्रयोग गरिएको डिजिटल बोड प्रभाबकारी देखि प्रबिधि मैत्री सिकाइको सुरुवात गरिएको छ । विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन डिजिटल बोर्डसहित कक्षा सुरु गरिएको हो । प्रविधी मार्फतको पठनपाठनले विद्यार्थीमा थप हौसला थपिएको विद्यालयका शिक्षकहरुको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?