![बाँसबारी जग्गा प्रकरण : चौधरीसहित तीन रिहा](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/arun-chaudhary.jpg)
रुपन्देही । रुपन्देहीका प्रहरीलाई एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओसीएमसी) लैगिंक हिंसा र आत्महत्या रोकथाम समन्धी अभिमुखीकरण गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट ब्यवस्थापन केन्द्र (ओसीएमसी)ले रुपन्देहीका स्थायी अस्थाई प्रहरी पोष्ट बिट प्रहरी कार्यालय बाट गरि ५० जनालाई आत्महत्या रोकथाम लैगिंक हिंसा सम्बन्धि अभिमुखीकरण गरिएको हो ।
२ दिन सम्म भएको अभिमुखीकरणमा रुपन्देहीका स्थायी अस्थाई प्रहरी पोष्ट बिट प्रहरी कार्यलय बाट गरि ५० जनालाई आत्महत्या रोकथाम लैगिंक हिंसा सम्बन्धन अभिमुखीकरण गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका ओसीएमसीका नर्सिङ अधिकृत कान्ति पाण्डेका अनुसार प्रहरी कार्यालयमा हिंसा सम्बन्धी उजुरी आउने र तिनीहरुलाई कसरी निरुत्साहित गर्ने र आत्महत्या रोकथाम लैगिंक हिंसा रोक्नको लागि प्रहरीको भुमिका महत्वपुर्ण हुने भएकोले उहाँहरुलाई अभिमुखीकरण गरिएको बताउनु भयो ।
उहाँले अपराध अनुसन्धान र महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरीलाई अभिमुखीकरण गरेपछि त्यस घटना कमि आउन मद्दत पुग्ने समेत बताउनु भयो ।
अभिमुखीकरणमा प्रदेश प्रहरी कार्यालय र मातहतका एकाईहरूका अपराध अनुसन्धान र महिला तथा बालबालिका शाखामा कार्यरत प्रहरी जवानदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकलाई तालिम दिइएको थियो ।
तालिममा ५० जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो उक्त अभिमुखीकरणले प्रहरी कर्मचारीहरूमा हिंसा भएर आएका महिलाहरुलाई बुझ्न सक्ने र कमको लागि कसरी सम्झाउने र समस्यालाई कसरी निराकरण तर्फ लाग्ने भन्ने यो अभिमुखीकरणले सहज बनाउने लुम्बिनी प्रादेशिक अस्पतालका मेट्रोन ज्योति पौडेलले बताउनु भयो ।
उक्त २ दिने अभिमुखीकरणमा लुम्बिनी प्रादेशिक अस्पतालको ओसिएसीको चिकित्सक टोलीले अभिमुखीकरण गरेको अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको गएको अस्पतालले जनाएको छ अस्पतालका लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्सिङ अधिकृत कान्ति पाण्डेकाअनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएको बताउनु भयो ।
के हो ओसीएमसी ?
लैंगिक हिंसाको जोखिमयुक्त परिस्थितिमा रहेका बेवारिसे एवं शारीरिक तथा मानसिक रुपले अशक्त महिला तथा बालबालिका, लैगिंक हिंसाबाट प्रभावित भइ मानसिक स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएका कारणले घर वा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा जीवन जिउन बाध्य महिला तथा बालबालिका, लैंगिक हिंसा पीडित एकल महिला, अपांगता भएका महिला, बालबालिका वा ज्येष्ठ नागरिक महिला, मानव बेचबिखन तथा ओसारपसारमा परेका महिला तथा बालबालिकाले यो सेवा लिन सक्छन् ।
साथै, सशस्त्र द्वन्द्व तथा प्राकृतिक विपद्का कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिका, एचआईभी तथा एड्सबाट संक्रमित भई लैंगिक हिंसाबाट प्रभावित महिला वा बालबालिका, तेस्रोलिंगी समूहका व्यक्तिहरुले यस केन्द्रमार्फत निःशुल्क सेवाहरु पाउने सक्ने अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना र सञ्चालन निर्देशिका २०७७ मा उल्लेख छ ।
स्थापना भएको १० वर्ष पुगिरहँदा लैंगिक हिंसा भोगेका धेरै पीडित र प्रभावित यसको पहुँचभन्दा बाहिर छन् । ‘हिंसा पीडित र प्रभावितलाई ओसीएमसीले निःशुल्क उपचार दिँदै आइरहेको छ । एकद्वार भनेपछि एक प्रवाहरुपमा नै सेवा दिने प्रणाली हो । अस्पताल आउने धेरै मानिसलाई यसबारे जानकारी छैन ।
ओसीएमसी के हो र कहाँ छ भनेर अझै धेरैलाई थाहा नै छैन । जनचेतना र सूचना प्रवाहमा अझै पनि पछाडि नै छौँ लुम्बिनी प्रादेशिक अस्पतालका लैङ्गिक हिंसासम्बन्धी एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्सिङ अधिकृत कान्ति पाण्डे ले भन्नु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच