प्रदेश स्तरीय भलिवल : समूह चरणमा चार पालिका विजेता

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा सुरु प्रदेश अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताका खेल बिहिवारबाट सुरु भएको छ । समुह चरणका खेलबाट चार वटा पालिका क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो दिन भोजपुरको आमचोक गाउँपालिका र षडानन्द नगरपालिका बिचको प्रथम खेलमा ३–० सेटले जित्दै षडानन्द नगरपालिका अर्को चरणमा प्रवेश गरेको छ । यस्तै बेलावारी नगरपालिका मोरङ र साल्पासिलिछो गाउँपालिका भोजपुरका बिचमा भएको दोश्रो खेलमा साल्पासिलिछो गाउँपालिका ३–१ सेटले बिजयी बनेको छ ।

यस्तै प्रतियोगिता अन्तर्गतको तेश्रो खेलमा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिका भोजपुरका बिचमा प्रतिष्पर्धा भएको छ । जुन खेलमा टेम्केमैयुङले ३–० सेटले भोजपुरलाई हराएको छ भने समुह चरणको अन्तिम खेलमा दमक नगरपालिका झापाले रामप्रसाद राई गाउँपालिका भोजपुरलाई ३–० सेटले पछाडी पारेको थियो ।

प्रदेश भित्रका षडानन्द नगरापालिका भोजपुर, आमचोक गाउँपालिका भोजपुर, साल्पासिलिछो गाउँपालिका, बेलवारी नगरपालिका मोरङ, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, दमक नगरपालिका र रामप्रसाद राई गाउँपालिका गरी टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

२७ गतेसम्म संचालन हुने प्रतियोगिताका बिजेता टिमले एक लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपबिजेता हुने टिमले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगिता अन्तर्गत उत्कृष्ठ छ विधामा खेलाडीहरुले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद बिकास कार्यालय भोजपुरका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?