प्रदेश स्तरीय भलिबल : षडानन्द, रामप्रसाद, दमक र आमचोक सेमिफाइन प्रवेश

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा जारी प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको क्वाटर फाइनल खेलबाट चार वटा टिमहरु सेमिफाइनल प्रवेश गरेका छन् ।

भोजपुरको षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, आमचोक गाउँपालिका र दमक नगरपालिका झापा शनिवार हुने सेमिफाइनमा प्रवेश गरेका हुन् । शुक्रवारको खेलमा भोजपुर नगरपालिकालाई सोझो सेटमा हराउँदै षडानन्द, साल्पासिलिछो गाउँपालिकालाई ३–१ सेटमा हराउँदै रामप्रसाद, बेलाबारीलाई ३–१ सेटबाट हराउँदै दमक र टेम्केमैयुङ गाउँपालिकालाई सोझो सेटबाट पछि पार्दै आमचोक गाउँपालिका सेमिफाइनल चरणमा प्रवेश गरेको हो ।

‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुद मार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ सुरु प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा प्रदेश भित्रका ८ पालिकाको टिमले सहभागिता जनाएका थिए ।

२७ गतेसम्म संचालन हुने प्रतियोगिताका बिजेता टिमले एक लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपबिजेता हुने टिमले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ ।

यस्तै प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगिता अन्तर्गत उत्कृष्ठ छ विधामा खेलाडीहरुले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद बिकास समितिका प्रमुख गेल्जेन शेर्पाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?