
काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ । कन्टेस्टअन्तर्गत फुडमाण्डुमार्फत् फुड अर्डर गर्ने ग्राहकमध्येबाट हरेक दिन पाँच भाग्यशाली विजेतालाई लक्कीबाट छनोट गरिने र विजेतालाई मिनिसो, केटिएम सिटी, अभाता र फुडमाण्डु मर्कन्डाइजतर्फबाट आकर्षक गिफ्ट हृयाम्पर प्रदान गरिने कम्पनीले जनाएको छ । विजेता दैनिकरूपमा सोसल मिडियामा घोषणा गरिनेछ र फुडमाण्डुको अफिसबाट गिफ्ट हृयाम्पर संकलन गर्न सकिने बताइएको छ ।
साथै ग्राहकहरूले ४० विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरसमेत प्राप्त गर्न सक्नेछन् । फुडमाण्डुले विभिन्न बैँक र वालेटसँगको सहकार्यमा ग्राहकलाई विभिन्न क्यासब्याक अफरसमेत प्रदान गर्ने जनाएको छ । फुडमान्डुका ब्राण्ड एण्ड मार्केटिङ मेनेजर इनेशा भट्टराईले भन्नुभयो, ‘हाम्रा आदरणीय ग्राहकलाई लक्षित गर्दै हामीले भ्यालेन्टाइन डेको अवसर पारेर आकर्षक अफर ल्याएका छौँ । आशा छ हाम्रा ग्राहकले यो अफर मन पराइदिनुहुनेछ र फुडमाण्डुलाई अझै बढी माया र साथ प्रदान गर्नुहुनेछ ।’
फागुन २ गतेसम्म लागू हुने अफरमा सहभागी हुन फुडमाण्डुुको वेबसाइट वा फुडमाण्डुको एपमार्फत् फुड अर्डर गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच