काठमाडौं । खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरी अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सिटिआई इञ्जिनियरिङ कम्पनीबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुवै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरूको क्षमता विकासका लागि सहकार्य हुनेछ । सम्झौतापत्रमा दियालो टेक्नोलोजिजका प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआई कम्पनीका प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गर्नुभएको हो ।
सहकार्यले स्मार्ट मिटारिङसहितको प्रविधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ । साथै सबैका लागि सुरक्षित पानी पहुँच, खानेपानी क्षेत्रका चुनौती समाधान गर्न प्रविधि प्रयोग, प्रविधि निर्माणमा सहकार्यलगायतका कार्य गरिने दियालोले जनाएको छ ।
दियालो खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरी सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर आठ सयभन्दा बढी संस्थामा दियालोले विकास गरेको सफ्टवेयर प्रयोग भइरहेको छ । सिटिआई इञ्जिनियरिङ इन्टरनेसनल जापानको अग्रणी कम्पनी हो, जसले पूर्वाधार र दिगो शहरी तथा खानेपानीको क्षेत्रमा प्रविधि प्रयोगमार्फत् सहयोग गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच