क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल

तस्वीर क्यान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले टस हारेको छ ।

क्यानडाका कप्तान साद बिन जफरले टस जितेर ब्याटिङ रोजेका हुन् । आजको खेल जित्दै सिरिज कब्जा गर्ने योजनासहित मैदान उत्रिएको नेपालले टोलीमा ३ परिवर्तन गरेको छ । आज आकाश चन्दले डेब्यु गर्दै छन्, भने अनिल शाह र देव खनाल टोलीमा छन् ।

क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वालाई स्थान दिएको छ । ।

यस अघि विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १–० ले अगाडी रहेको छ । नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते हुने छ ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द

क्यानडाको प्लेइङ ११

आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?