केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधार सुधार गर्नुपर्छ : अध्यक्ष ढकाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिएर व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपाल-चीन जोड्ने अहिले सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको बताउनु भयो । उहाँले सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउनको लागि सबै भन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । अध्यक्ष ढकालले नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरु भयो । त्यसले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको छ । चीनसँगका सञ्चालनमा रहेका व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको अवस्था छ । नाकासम्म जोड्ने सडक पूर्वाधारलाई व्यवस्थित बनाउँदै विकास गर्न आवश्यक छ । सीमा नाकाहरु जोड्ने सडक सञ्जाललाई व्यवस्थित बनाउन पहल गर्नुपर्ने छ ।

अध्यक्ष ढकालले प्रधानमन्त्रीको चीन भ्रमणको समयमा भएका सम्झौताहरुले नाकाहरु सहज रुपमा अगाडि बढाउने र नयाँ नाका खोल्ने सम्झौताहरु भएकाले नेपालको व्यवसायीक गतिविधि बढाउन धेरै भुमिका निर्वाह गर्ने अपेक्षा रहेको दाबी गर्नुभयो ।

-न्युज एजेन्सी नेपाल

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?