काठमाडौं । सडक व्यापारी को विषयमा बेला बेलामा चर्चा आउने अभियन्ता ईः फेरी तिन बुँदे माग सहित आज बाट लुम्बिनी बाट सिंहदरबार पैदलयात्रा सुरु गरेका छन ।
सडक व्यापारी, बृहत्तर अनौपचारिक क्षेत्र (६२ प्रतिशत रोजगारी दिने), र शहरी गरीबको लोकरिझ्याईं निर्देशित सीमान्तीकरण राष्ट्रिय रोगसरी बनेको बिषयले गर्दा बेरोजगारी, आर्थिकसामाजिक असमानता बढेको कुरा हरु लिएर संघिय सरकारलाई तिन बुँदे माग सहित लुम्बिनी सिंहदरबार पदयात्रा सुरु गरेको अभियन्ता ईः ले जानकारी दिए ।
सामाजिक न्याय सुनिश्चित गर्ने प्रावधानले भरिपूर्ण र समाजवाद उन्मुख लेखिएको संविधानको सार्थकता पुष्टि गर्न एवं आमजनतामुखी कारुणिक शासन प्रोत्साहन गर्न अब यस विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउन ईः ले पदयात्रा सुरु गरेका छन ।
“काठमाडौं महानगरको सडक व्यापारी प्रतिको क्रियाकलापले देशैभरका स्थानिय तहले पनि सिको गरेर सडक व्यापारी लाइ दुख दिने गरेको पाए”, उनी भन्छन्, “सहरबाट गरिब हटाए सहर सफा हुन्छ भन्ने कुराले सडक व्यापारी को काम गरेर खाने हक अधिकार खोसिएको छ ।”
उनको यो पैदल यात्रा आज बाट नौ दिन को दिन सिहदरबार पुगेर तिन बुँदे प्रतिवेदन बुझाउने तयारी रहेको छ ।उनि सङ्गै लुम्बिनी बाट अन्य अभियन्ता हरुको पनि साथ रहने छ । यो यात्रा मार्फत मीटर ब्याज बिरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता पनि जनाउने बताए ।
ईः को तिन बुँदे माग
१. देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न एवं गरीबलाई बिना अध्ययनबिकल्प विस्थापन नगरी कानून र संविधानको मर्मपरिधि भित्र बस्न निर्देशन दिने ।
२. शहरी गरीबको संरक्षण गर्न आवश्यक, तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापन सम्बन्धी, सङ्घीय ऐनको सिर्जना तथा भएका कानूनी प्रावधानको सबलीकरण।
३. पालिकाहरूलाई शहरी गरीबी सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन, बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिने।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच