भारतसँगको सीमानामा कडाई गर्नुपर्छ : सांसद पन्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताउनु भयो । उहाँले नेपालमा जो आएर जे गरेपनि हुने हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल जो आएर बसे पनि हुने देश भयो । पनौतिमा जानुस् । दुई, तीन वर्ष अघिदेखि हाम्रा दैनिक अखबारहरुले सम्पूर्ण रिपोर्ट गरेका छन् । रोहिंग्या शरणार्थीलाई गिरोहले ल्याउँछ । पनौतीमा बस्छन्, दुई तीन पुस्ता हुन थाले । न्युरोड क्षेत्रमा जानुस्, तेस्रो लिंगीहरु बाटोमा खुट्टा समातेर झोला खोल्न लगाएर बलजफ्ती पैसा असुली रहेका हुन्छन् । नेपालमा जो आएर जे गरेपनि हुने हो ? हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ । त्यसमा टाइट गर्नैपर्छ । आउने जानेको तथ्यांक राख्नुपर्छ । विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ । तीन चार हजार रोहिंग्याहरुको तथ्यांक नाघिसकेको छ ।’

सांसद पन्तले काठमाडौंमा तेस्रो लिङ्गीहरुले दिनदहाडै दुःख दिन थालेको भन्दै सरकारले आवश्यक चासो दिनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?