‘मेरो जीवन र अनुुभूूति’ र ढुुण्डिराज शास्त्री

डा. गणेशप्रसाद घिमिरे
Read Time = 18 mins

मानिसले जहिले पनि सकारात्मक सोच र काम गर्‍यो भने ऊ समाजमा प्रतिष्ठित हुन्छ । उसको प्रतिष्ठा र आस्थालाई जहिले पनि उसका कामले जीवन्त बनाएको हुन्छ । उसले गरेका कर्मको फेरिहस्त उसले आफ्नो आत्मस्वीकृति वा आत्मवृत्तान्तमा समावेश गरी पाठकसामुु पुु¥याउने गरेको हुन्छ । आत्मवृतान्त झुुठको र असत्यको पुुलिन्दा बन्नुु हुुँदैन । आत्मस्वीकृति भएकाले लेखकको लेखकत्व तटस्थ भएर आउनुुपर्दछ । आत्मवृत्तान्तमा साहित्य हुुँदैन । भाषिक मान्यता र भाषाले दिने मिठासले पक्कै पनि आत्मवृत्तान्तकारलाई सहज रूपमा उपस्थित गराएको हुन्छ आत्मवृत्तान्तमा । यही हो आत्मस्वीकृति वा आत्मवृत्तान्त वा जीवनमा आफूले भोगेको अनुुभूूतिको पुुलिन्दा पनि ।

नेपालमा आत्मवृत्तान्तले खाशै साहित्यको रूपलाई जागृत गर्न सकेको छैन । केही कृतिहरू आएका छन् तर चर्चामा सबै छैनन् । वि.सं. २०५५ सालको बैशाखमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त पाँच हजार प्रति छापियो । उक्त कृति जेठ महिनामै पाँच हजारप्रति पुुनः छापिएर आयो । कोइराला नेपाली राजनीतिका वा नेपाली काङ्ग्रेका उच्च व्यक्ति भएकाले होला उक्त कृतिले अत्यधिक लोकप्रियता पाएको पनि । उक्त कृतिको आकार र ढाँचा हेर्दा जेजस्तो देखिए पनि भित्र उल्लेख गरिएका कुराले उनी नेपालको सार्वभौमसत्ता र राष्ट्रियताका सन्दर्भमा कहीँ कतै झुुकेको देखिँदैन ।

एक असल राष्ट्रवादी र प्रजातन्त्रका हिमायती व्यक्तिका रूपमा कोइरालालाई उनको आत्मवृत्तान्तले बाहिर ल्याएको छ । उक्त कृतिमार्फत कोइरालाको प्रजातान्त्रिक समाजवादलाई व्याख्या गरेर बाहिर ल्याउने व्यक्ति हुुन् ढुुण्डिराज शास्त्री । उनको मेरो जीवन र अनुुभूूति नामक कृति २०८० साल श्रावण महिनामा सार्वजनिक भएको छ ।

निडर व्यक्ति
स्नातकोत्तर तहसम्मको अध्ययन गरेको भए पनि उनी शास्त्रीका नामले परिचित भए नेपाली राजनीतिको इतिहासमा । समाजवादी चिन्तकका रूपमा परिचित उनी नेपालको राजनीतिमा चारपटकसम्म यो देशको मन्त्री भए । मन्त्री भएर पनि मनग्गे धन कमाउन र भ्रष्टाचार गर्न नसकेका व्यक्ति हुन् उनी । विश्वेश्वरप्रसाद कोइरालालाई उचित सल्लाह दिने उनी नेपालको राजनीतिमा प्रधानमन्त्री हुनसक्ने व्यक्तिका रूपमा अघि आउने व्यक्ति थिए । सरल राजनीति र निष्ठालाई सबैभन्दा महत्व दिने उनी कहिले पनि सत्ताको लुुछाचुुँडीमा लागेनन् ।

परिवारलाई र पारिवारको दुुःखलाई समेत वास्ता नगर्ने उनले आफ्नो पार्टीलाई नै सर्वोपरी ठान्दै भन्छन् : समाजले जेसुुकै भनोस् जे गरोस्, जसले गाली गरोस्, परिवारले जे सुुकै भनोस्, पार्टी नै हाम्रो सपना, विपना र जपना थियो । पार्टीका लागि यसरी समर्पित हुने उनी निडर व्यक्तिका रूपमा कृतिभर उभिएका छन् ।

विश्वेश्वरप्रसाद कोइरालालाई उचित सल्लाह दिने उनी नेपालको राजनीतिमा प्रधानमन्त्री हुनसक्ने व्यक्तिका रूपमा अघि आउने व्यक्ति थिए । सरल राजनीति र निष्ठालाई सबैभन्दा महत्व दिने उनी कहिले पनि सत्ताको लुुछाचुुँडीमा लागेनन् ।

तत्कालीन राजा श्री ५ महेन्द्रको मृत्युु भएपछि अञ्चलाधीश कार्यालयमा उपस्थित भएका उनले श्री ५ महेन्द्र शाह देवज्यूूको दिवङ्गत आत्मालाई श्री विश्वेश्वरले कल्याण गरून् भन्ने हिम्मत तत्कालीन अन्धकारको शासनमा भन्न सक्नुु नै उनीभित्रको निडरता मानिन्छ । विश्वेश्वर काशी विश्वनाथ वा नेपाली राजनीतिका सबल खम्बा विश्वेश्वरप्रसाद कोइराला पनि हुुनसक्ने अर्थ लगाउन सकिन्छ । कस्तो निडरता र कस्तो समर्पण आफ्ना नेताप्रति तथा आफूले राजनीति थालेको पार्टीप्रति । यही निडरताले उनलाई नेपाली राजनीतिको शिखरमा पुुर्‍याएका हो ।

आफूले विभिन्न ठाउँमा जागिर गरे पनि पार्टीको काम परेमा चटक्क जागिर छोडेर हिँड्ने व्यक्ति उनी वनारस र गोरखपुरमा रहँदा जुुन आर्थिक सङ्कट बेहोनुु पर्‍यो त्यो अति दारुण देखिन्छ । आफ्नी कान्छी श्रीमती वनारसमा सुुत्केरी हुुँदा साथमा नभएका उनी पार्टीको काममा खटिएका थिए । श्रीमती सुुत्केरी भएकी थिइन् प्रवासमा । सुुत्केरीले खान नपाएको अवस्था र आर्थिक सङ्कट बेहोर्नुु परेको तथ्यलाई बाहिर ल्याउँदै उनी लेख्छन् : बीपीले सुुत्केरीलाई खुुवाउन भनेर पचास रुपैयाँ पठाउनुुभएछ । पार्टीको पैसा मेरो परिवारले खाएको भनेको त्यही पचास रुपैयाँ नै थियो ।

वनारमा भएको छात्रसङ्घको अधिवेशनमा सबै विद्यार्थी वनारस आएपछि तत्कालीन पार्टी सभापति सुुवर्ण शमशेरले कार्यक्रम स्थगन गर्न गरिएको प्रस्तावलाईउनले यसरी उत्तर दिए म काङ्ग्रेसी भएका नाताले एजेन्डालाई पार्टीमा प्रवेश गराउने र त्यसलाई अघि बढाउने मेरो दायित्व हो । तर धेरै किसिमका विद्यार्थीहरू छन् । उनीहरूलाई म धोका दिन चाहन्न । मैले त मौका दिने हो । यदि स्वार्थ, लोभ, लालच हुन्थ्यो भने पार्टी सभापतिलाई उनले यस किसिमको जवाफ दिने थिएनन् ।

कोइरालाको विश्वासपात्र
नेपाली काङ्ग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले नेपाली काङ्ग्रेसको समाजवादी चिन्तनलाई गतिशील बनाएर समाज रूपान्तरणको कदम चाले । उक्त समाजवादको व्याख्याता शास्त्री थिए । शास्त्री कोइरालाको विश्वास पात्र थिए । पार्टीले चालेको सशस्त्र क्रान्तिका लागि पूूर्वसैनिक तथा क्रान्तिकारी खोज्न नेपालको पश्चिमी भेगमा खटिएका उनले जसरी कोइरालको विश्वास जिते त्यसमा उनी एक सचेत, इमानदार र निष्ठावान् व्यक्तिका रूपमा उपस्थित भएका छन् ।

कोइरालाको मेलमिलाप नीतिमार्फत नेपाल आउन लाग्दा उनले शास्त्रीसित सल्लाह लिएका छन् वीपी कोइराला भन्छन् : अब राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा हामी भित्र (स्वदेश जानुुपर्छ ढुुण्डिराजजी । यसको जवाफमा शास्त्रीको कथन छ तपाईंलाई टङ्कप्रसाद र केआई सिँह बनाउन सक्छन् राजाले किनेर । जीवनभर तपाईंलाई जेलमा राख्न सक्छन् । मेलमिलापको राजनीति बुुझेर राजाले ठोस कदम चाल्न सक्छन् । तपाईंको स्वास्थ्य ठीक छैन । यो अवस्थामा हजुुरको अनुुपस्थिति समाजवादी विश्व चिन्तनमा अभाव खट्किनेछ ।
यो बीपीलाई दिएको सल्लाह थियो । उनले शास्त्रीलाई पनि नेपालसँगै लैजाने निर्णय गरे तर शास्त्री जस्तो व्यक्ति जेलमा परेमा पार्टीलाई ठूुलो क्षति हुने कुराले उनलाई पटनामा छोडेर स्वदेश आए कोइराला । नेपाली काङ्ग्रेस पार्टीमा विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईपछि उनको नाम देखिन्छ । तर, पार्टीमा मलाई यो चाहियो र यो दिनुुपर्‍यो नभन्ने र चाकरी गर्न नजान्ने उनको दृढ व्यक्तित्वले पार्टीको हितलाई नै सर्वोपरि ठान्यो व्यक्तिगत स्वार्थलाई होइन ।

विसं २०४६ सालको क्रान्ति र पहिलो संसदीय निर्वाचनमा अर्घाखाँचीबाट प्रतिनिधिसभामा आएका उनी गिरिजाप्रसादकै रोजाइमा परे र मन्त्री भए । पछि गएर उनी गिरिजाप्रसादका विश्वासपात्र हुन सकेनन् । चाकरी, चाप्लुुुसी र नेताले पूूर्वलाई पश्चिमभन्दा पनि हो मा हो मिलाउन नसक्ने उनको व्यक्तित्वले कहिले पनि सम्झौता गरेर पद खाने निर्णय गरेन । यही हो उनको देश र जनताप्रतिको विश्वास । नेपालको राजनीतिमा भ्रष्टाचार गर्नुहुुँदैन हामीले जनताका आवश्यकता र आकाङ्क्षालाई सम्बोधन गर्नुुपर्दछ भन्ने दृढ विश्वासी शास्त्री पार्टीका ठुला भनाउँदा व्यक्तिसित कहिले पनि झुुकेका छैनन् ।

माओवादी आन्दोलनलाई नजिकबाट हेरेका उनले यो आन्दोलनलाई समाधान गर्नुुपर्दछ भन्ने शास्त्रीको भनाइलाई मन्त्रीहरूले खिशी टिउरी गर्दा उनको कथन थियो : हतियार हातमा परेपछि के हुन्छ हामीलाई सोध्नुुस् । युवाहरूको हातमा हतियार परेपछि त होस् हुँदैन । उनीहरूमा जोश हुुन्छ । देशका लाखौँ युुवायुुवतीले हातमा हतियार लिएपछि तपाईं के गर्न सक्नुुहुन्छ ? त्यो कुरा तपाईंहरूलाई थाहै छैन । त्यसकारण कृष्णजी र गिरिजाबाबुुले यो कुरा गम्भीर रूपमा विचार गर्नुस् । यो कुरा नेतृत्वमा बसेकाले बुझेको भए नेपालले दशवर्ष द्वन्द्वलाई पहिले नै समाधान गर्न सक्थ्यो तर त्यसो हुन सकेन । शास्त्रीका कुरालाई खिल्ली उडाइयो जसले गर्दा नेपालले नराम्रो अवस्था भोग्नुुपरेको तथ्यलाई सबै नेपालीले मनन गरे ।

राजालाई उचित सल्लाह
नेपाली काङ्ग्रेसका ठूला भन्नेले शास्त्रीको व्यक्तित्वलाई नचिने पनि तत्कालीन राजाले उनको व्यक्तित्वलाई चिने । राजा वीरेन्द्रले भेट्न बोलाउँदा दरवार नगएका उनी ज्ञानेन्द्रले बोलाउँदा गए । ज्ञानेन्द्रलाई सल्लाह दिने सन्दर्भमा शास्त्री भन्छन् ः म हजुुरलाई खुुुशी पार्न होइन सरकार, अलिकति म राजतन्त्रको पक्षको मान्छै नै हुुँ । तर, निरङ्कुश होइन वैधानिक राजतन्त्र चहिन्छ भन्ने मत हो मेरो । राजालाई समेत सल्लाह दिने सन्दर्भमा उनी भन्छन् : यदि ठूलो महत्वाकाङ्क्षा राखेर प्रत्यक्ष सत्ता लिइबक्स्यो भने मलाई लाग्छ राजसंस्था त्यस मौकामा रहने छैन र सरकार पनि रहिबक्सने छैन । यो भनाइ नेपालको राजनीतिमा सत्य भयो । कस्तो द्रष्टा व्यक्तित्व । सत्य कुरालाई सही रूपमा जसका अघि पनि राख्न सक्ने खुुबीका व्यक्ति हुन् शास्त्री ।

उनको यो कृति आत्मस्वीकृति मात्र होइन । यो पार्टीको आदर्श र विश्वास बोकेर हिँडे्कालाई सन्देश पनि हो । काङ्ग्रेसको राजनीति गर्ने तर पार्टी यहाँसम्म आउँदा भोगेको सत्यलाई नजानेका नेताका लागि पनि यो कृति अध्ययन गर्ने विषयले भरिएको छ । 

ज्ञानेन्द्रले प्रत्यक्ष सत्ता लिएपछि पशुुपतिभक्त महर्जनमार्फत फोन गरेर भेट्न बोलाए राजाले । शास्त्री भन्छन् मसित मोटर छैन । मोटर पठाए भेट्न आउँला भने । दरबारको मोटरमा दरवार छिरेका उनले राजालाई भने : सरकार मलाई केही चाहियो, या मन्त्री चाहियो, या पैसा चाहियो, या मलाई संरक्षण चाहियो भन्न आएको होइन । सरकारले संविधान बाहिर गएमा त्यसको परिणाम आफैँ भोग्नुुपर्ने हुन सक्छ । त्यसैले सरकार चलाउने जिम्मा पार्टीहरूलाई नै दिनुुपर्छ । कस्तो निर्भीकता, कस्तो निडरता, कस्तो लोभ लालचरहित व्यक्तित्त्व शास्त्रीको ।

तीनसय अठ्ठाइस पृृष्ठभित्र समेटिएको यो कृति निष्ठाको राजनीतिमा समर्पित भएको व्यक्तिको अनुुभूूति छ । यो देशमा चारपटक मन्त्री हुुँदा पनि मसित मोटर छैन भन्नु आजको राजनीतिका लागि नसुुहाँदो कुरा पक्कै पनि हो । यो राजनीतिमा देखिएको निष्ठा र सत्यको राजनीति हो । सत्य र देखेको कुरा तथा जनताको हकलाई मन्त्रिपरिषद्मा र पार्टीको केन्द्रीय समितिमा निर्भीकतापूूर्वक राख्ने शास्त्रीका रहेक कदम र निर्णय पार्टीविपरीत थिएनन् । पार्टीले लिएका गलत निर्णयमा सबल रूपमा आफ्ना कुरा राख्दा पछि परेका उनी सिद्धान्त तथा निष्ठाको राजनीतिलाई जीवन्त रूपमा बाहिर ल्याउने व्यक्ति बनेर आएका छन् ।

उनको यो कृति आत्मस्वीकृति मात्र होइन । यो पार्टीको आदर्श र विश्वास बोकेर हिँडे्कालाई सन्देश पनि हो । काङ्ग्रेसको राजनीति गर्ने तर पार्टी यहाँसम्म आउँदा भोगेको सत्यलाई नजानेका नेताका लागि पनि यो कृति अध्ययन गर्ने विषयले भरिएको छ । यो कृति शास्त्रीको अनुुभूूति हो । उनी कुनै व्यक्तिको चाकरी गर्ने व्यक्तिका रूपमा देखिएका छैनन् । आफूलाई लागेका कुरालाई सबल तरिकाबाट राख्न सक्ने उनी असल राजनीतिज्ञका रूपमा देखापरेका छन् । केही पारिवारिक, थोरै व्यक्तिगत र बढी राजनीतिक विचारले भरिएको उनको आत्मस्वीकृति मेरो जीवन र मेरो अनुुभूूति अध्ययन गर्ने कृतिका रूपमा देखिएको छ । पार्टीले निर्वाचनको टिकट नदिँदा पनि सदा पार्टीप्रति बफादार व्यक्ति उनी झुक्न जानेका व्यक्ति होइनन् । सतासी वर्षको वयलाई धारण गरेका उनको दीर्घजीवन र सुुस्वाथ्यको कामनासहित ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?