एनसेलको शेयर खरिद प्रकरणको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ ।

आईतवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको शेयर खरिद–बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

समिति बैठकमा सरकारलाई निर्देशन दिँदै समिति सभापति ऋषिकेश पोखरेलले लुम्बीनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु आजका मितिदेखि खारेज गर्ने नेपाल सरकारलाई निर्देशन पनि दिनुभयो । उहाँले सम्झौता कार्यमा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘लुम्बीनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु आजका मिति देखि खारेज गर्ने नेपाल सरकारलाई निर्देशन दिने, यो कार्यमा संलग्न र यस्तो कार्य अरु कुनै क्षेत्रमा फेरी नहोस् भनेर संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिने । युनिस्कोको मापदण्ड कानूनी प्रक्रियाअनुसार मात्रै कार्य प्रारम्भ गर्ने र मापदण्ड विपरित भएका क्षेत्रहरुको थप अनुसन्धान गर्न समितिले आग्रह गर्ने,रामग्राम क्षेत्रमा जग्गा अधिग्रहण गर्नको लागि बजेट व्यवस्थापन गर्ने नेपाल सरकारलाई निर्देशन गर्ने,एनसेल शेयर खरिद प्रक्रियाका बारेमा अध्ययन समितिले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गरी समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई निर्देशन दिने ।’

उहाँल युनिस्कोको मापदण्ड कानूनी प्रक्रियाअनुसार मात्रै कार्य प्रारम्भ गर्ने र मापदण्ड विपरित भएका क्षेत्रहरुको थप अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले रामग्राम क्षेत्रमा जग्गा अधिग्रहण गर्नको लागि बजेट व्यवस्थापन गर्ने नेपाल सरकारलाई निर्देशन दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?