काठमाडौं । जैशीदेवल युथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० मा काठमाडौं महानगरपालिका टिम च्याम्पियन भएको छ । काठमाडौं महानगरपालिकाको टिमले सबभन्दा बढी सात स्वर्ण पदक जित्यो । आयोजक जैसीदेवल युथ क्लबको ए टिम पाँच स्वर्ण पदकसहित उपविजेता र गोदावरी नागरपालिका तीन स्वर्ण पदकसहित तेस्रो भयो । प्रतियोगितामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कुल २० टिमले सहभागिता जनाएका थिए ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको सो प्रतियोगिताअन्तर्गत जैशीदेवल तेक्वान्दो डोजाङका राहुल हाङ लिम्बू बेस्ट मेल फाइटर र कागेश्वरी नगरपालिकाका सम्पदा शिवाकोटी बेस्ट फिमेल फाइटर घोषित हुनुभयो । राहुलले ३८–४२ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो । सो स्पर्धामा काठमाडौं महानगरपालिकाका रोहन भुजेलले रजत तथा बाह्रबिसे नगरपालिकाका अभिषेक र ललितपुर महानगरपालिकाका अलिस न्यौपानेले संयुक्तरूपमा कांस्य पदक जित्नुभयो ।
बेस्ट फिमेल फाइटर सम्पदा ३८-४२ केजीमै च्याम्पियन हुनुभएको हो । सो इभेन्टमा बुढानीलकण्ठ महानगरपालिकाकी कृतिका कटवालले रजत तथा काठमाडौं महानगरपालिकाकी शलिना श्रेष्ठ र जैशीदेवल ‘ए’ की सृष्टि मालीले कांस्य पदक हासिल गर्नुभयो । यसैगरी विमला विक उत्कृष्ट रेफ्री र काठमाडौं महानगरपालिकालाई टिम च्याम्पियन बनाउने राजेन्द्र खत्री सर्वश्रेष्ठ प्रशिक्षक घोषित हुनुभयो ।
बेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर र सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर पुरस्कार प्रदान गरियो । यसैगरी सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी रोजन प्रजापती र सर्वश्रेष्ठ पुम्से महिला पुम्से खेलाडी सरगम थापा घोषित हुनुभयो । उहाँहरू दुवैले जनही एक सय डलर पुरस्कार पाउनुभयो । आयोजकका रोजन र गोदावरी नगरपालिकाकी सरगमले १७ वर्षमुखि पुम्सेमा स्वर्ण पदक जित्नुभएको हो ।
कुल चार सय खेलाडी सहभागी रहेको प्रतियोगिताअन्तर्गत पारा तेक्वान्दो (के ४४) मा अमिर ब्लोन पहिलो र भरतसिंह महता दोस्रो स्थानमा रहनुभयो । प्रतियोगितामा आठ÷आठ तौल समूहमा ब्वाइज र गल्र्सतर्फ प्रतिस्पर्धा भएको थियो । प्रत्येक स्वर्णपदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र कांस्य पदक विजेतालाई पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरियो । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले विजेता टिम र खेलाडीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच