भोजपुर । चिया तथा कफी खेती बिस्तारका लागि २०७० सालमा स्थापना भएको थामडाँडा-टेम्के-सिलिचुङ कृषि सहकारी संस्था लिमिटेड भोजपुरको तेश्रो जिल्ला अधिवेशन तथा दशौ साधारणसभाले पुन गणेश राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
भोजपुर सदरमुकाममा भएको अधिवेशन तथा साधारणसभाबाट नौ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति गठन गरिएको हो । समिति उपाध्यक्षमा छिरिङ शेर्पा, सचिव रामकुमार राई र कोषध्यक्षमा कृष्ण बहादुर मगर अधिवेशनबाट चुनिनु भएको छ । यस्तै सदस्यहरुमा कुलप्रसाद फुयाल, शुक्रदेव राई, शान्तिकला राई, चुडाराज बस्नेत र रामकुमारी राईलाई छनौट गरिएको छ ।
अधिवेशनले ज्ञानबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत बनाएको छ । समिति सदस्यमा ईश्वर कार्की र इन्दिरा प्रधान हुनुहुन्छ । सहकारीले आगामी दिनमा अर्गानिक चिया तथा कफी क्षेत्रमा भोजपुरलाई चिनाउँदै उद्यमशीलता बढाउने कार्य गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच