चेम्बर एक्स्पो सुरु

Read Time = 2 mins

काठमाडौं । छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक्स्पो श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले उद्घाटन गर्दै निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुलुकभित्रै रोजगारी सिर्जना गरेर युवालाई विदेशिनबाट रोक्न सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ थियो ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक अवस्थामा पनि व्यावसायिक गतिविधि बढाउन व्यापारमेला आयोजना गरिएको बताउनुभयो । उहाँले विदेशबाट आउने वस्तुको भन्सारमा सहजीकरण एवं कार्यक्रम सकिएपछि वस्तु फिर्ता लैजान पाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वाणिज्य सचिव मधु मरासिनीले माग र आपूर्ति एवं रोजगारी सिर्जना गरेर अर्थतन्त्र चलायमान बनाउन व्यापार मेलाले महत्वपूर्ण सहयोग पुग्ने भन्दै व्यापार मेला केन्द्रदेखि स्थानीय तहसम्मै गर्न सरकारले नीतिगत व्यवस्था पनि गरिरहेको बताउनुभयो । जेठ ८ गतेसम्म सञ्चालन हुने मेलामा स्वदेशी उद्योगी व्यवसायीका साथै भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकका उद्योगी व्यवसायीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

मेलामा नेपालमै उत्पादित घरेलु तथा हस्तकला, जडीबुटी, आयुर्वेदिकजन्य वस्तु, अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तु राखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?