आइलिग खेल्न रेखा भारत प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेल भारतीय महिला आइलिगका लागि भारत प्रस्थान गर्नुभएको छ । रेखा सोमबार बिहान भारत प्रस्थान गर्नुभएको हो । रेखालाई उडिसा फुटबल क्लबले आगामी सिजनका लागि अनुबन्ध गरेको छ । आइलिग २५ अप्रिलबाट सुरु हुनेछ ।

प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । दुई समूहमा समान टोली छन् । आगामी आइलिग खेल्ने रेखा छैटौँ नेपाली महिला खेलाडी बन्नुभएको छ । यसअघि राष्ट्रिय टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, स्ट्राइकर सावित्रा भण्डारी, मिडफिल्डरहरू दीपा शाही, रेनुका नगरकोटे र सरु लिम्बू आइलिगमा अनुबन्ध भइसक्नुभएको छ ।

एञ्जिला सेथु एफसीबाट खेल्दा सावित्राले साबिक विजेता गोकुलम केरलाबाट खेल्नुहुनेछ । यसैगरी सरु र रेनुकाले किक स्टार्सबाट खेल्नुहुनेछ ।

युवा मिडफिल्डर दीपा लड्स एफसीमा अनुबन्ध हुँदा सेथु एफसीमा अनुबन्ध भए पनि रक्षक गीता राणाले भने घाइते हुँदा आइलिग गुमाउने हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?