जर्मनीले नेपालमा मल कारखाना खोल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौैं । जर्मनीको एक कम्पनीले ९४ अर्ब ५६ करोड लागतमा नेपालमा युरिया मल कारखाना खोल्ने भएको छ ।

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डिआइएजी इण्डष्ट्रिज जिएमबिएच जर्मनीबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डिआइएजी इण्डष्ट्रिज जिएमबिएचका म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेकरले हस्ताक्षर गर्नुभएको छ । समझदारीअनुसार उक्त कम्पनीले अनुमतिपत्र प्राप्त गरेको दुर्ई वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डमा पेश गर्नुपर्नेछ ।

प्रस्तावक डिआइएजी इण्डष्ट्रिज जिएमबिएचले प्राकृतिक ग्याँस, इलोक्ट्रोलाइसिस(कार्बन स्टोरेजसहित) अथवा हाइब्रिड (उल्लिखित दुवै) प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा रासायनिक मल नहुँदा विभिन्न देशबाट चालु आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब रुपैयाँको मल आयात भए पनि सबै किसानले मल पाउन सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?