काठमाडौं । सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिनु भयो ।
मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताउनु भयो। यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ ।
किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उहाँले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच