बुटवलको शिवनगर सामुदायिक बनमा प्रहरी हवल्दार मृत फेला

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । प्रहरी हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन् ।

मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत रहेको प्रहरीले बताएको छ । ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडी सकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताउनु भयो ।

‘उनी काठमाडौंबाट नेपालगञ्ज फर्किंदै गर्दा बुटवलमा झरेको देखिन्छ’, पण्डितले भन्नु भयो । ठकुल्लाको मानसिक अवस्था ठीक नभएको परिवारका सदस्यले बताएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको भन्दै कारण खोजी भइरहेको उहाँको भनाइ छ ।

‘उनको मानसिक अवस्था ठीक रहेनछ । एक्लै यात्रा गर्ने क्रममा गाडीबाट झरेछन् । जंगलमा खान नपाएर पनि मृत्यु भएको हुनसक्छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ’, पण्डितले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?