कामना सेवा बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसबारीस्थित जुत्ता मेन्डरका लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ ।

बुथ उद्घाटन काठमाडौं महानगरपालिका वडा ३ का सदस्य कृष्णराज चालिसेले गर्नुभएको थियो भने जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरूलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरूको जीविकोपार्जन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?